FAQs Complain Problems

सूचना

ठाटीकाँध गाउँपालिकाको वेबसाईटमा यँहाहरुलाई स्वागत छ ।

नेपालको कर्णाली प्रदेश अन्तर्गत दैलेख जिल्लाका चार नगरपालिका र सात गाउँपालिका मध्ये ठाँटीकाँध गाउँपालिका दैलख जिल्ला निवाचन क्षेत्र नं. २ मा पर्दछ । पूर्वमा दैलेख जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिका, उत्तरमा कालिकोट जिल्लाको कालिका गाउँपालिका पश्चिममा दैलेखको आठवीस नगरपालिका र दक्षिणमा चामुण्डा विन्द्रासैनी न.पा. र आठवीस न.पा. को भूभागको वीचमा अवस्थित ठाटीकाँध गाउँपालिका प्राकृतिक सम्पदा, साधन श्रोतमा सम्पन्न भएर पनि आर्थिक रुपले कमजोर रहेको छ । हाम्रो यस ठाटीकाँध गाउँपालिकामा साविक विशाला गा.वि.स., साविक तोलिजैसी गाविस र साविक लकान्द्र गा.वि.स. मिलेर सिङ्गो  गाउँपालिका वनेको छ । यस गाउँपालिकाको जम्मा क्षेत्रफल ८८.२२ वर्ग किलोमिटर छ भने राष्ट्रिय जनगणना २०७८ अनुसार जम्मा जनसंख्या १८,३०१ रहेको छ । बसोवासका हिसावले यस गाउँपालिकामा विभिन्न जात जातिहरु रहेको छन् । जसमा व्राहमण, क्षेत्री, दमाई, कामी, बादि, आदिवासी जनजाति आदिको वसोवास गरि आएका छन् । जसका आफ्नै भाषा भाषि छन् । जल, जमिन, जंगल, जडिवुटी, जंगली जनावर, एवम उर्वरभूमि रहेको यो गाउाँपालिका पूर्व पश्चिम उत्तर दक्षिण गोलाकार भू–धरातल भएको अनेकतामा एकता रहेको गाउँपालिका हो । यो गाउँपालिकाको उत्तरी क्षेत्रमा रहेको वनजंगलका कारण  पानीका प्रशस्त श्रोतहरु, जडिवुटी, जंगली जनावर, तथा  निलम पाइनुका साथै स्याउ खेती र अलैची, खेतीको संभावना समेत रहेको छ ।  साथै पशुपालन तथा विभिन्न तरकारी खेतीको पनि प्रशस्त सम्भावना रहेको छ । यस गाउँपालिकाको मध्ये भागमा विभिन्न खाद्यवाली जस्तै धान, गहुँ, मकै, कोदो एवम तरकारी खेतीको प्रशस्त संभावना रहेको छ ।  
पूर्वमा रामगाड, उत्तरमा भूतगाड भएर वग्ने सिङ्गो रामगाड खोला, पश्चिम तर्फ वग्ने चिनेखोला निरन्तर वगिरहने खोलाहरु हुन । यी ३  वटै खोलाहरु ढुङगा, गिट्टी, वालुवा, जस्ता निर्माण सामाग्रीहरु उपलब्ध गर्न गराउन सकिने अवस्था छ । साथै जलविधुतको प्रशस्त सम्भावनाहरु रहेका छन् । लेकाली क्षेत्रमा पाईने निलम ढुङगा र जौचौरमा भएको तामाखानी एवम तिरुवा टोलको फलाम खानी को उत्खनन गर्न सकेमा ठाटीकाँध गाउँपालिका लगायत सिङगो दैलेख जिल्ला, प्रदेश र राष्टकै आर्थीक समृद्धिमा टेवा पुग्ने सम्भावना रहेको छ ।